अफगानिस्तानमा टिकटक र पब्जी बन्द, सञ्चारमन्त्री भन्छन्, 'एउटा बन्द गर्‍यो अर्को खुल्छ'

अफगानिस्तानमा टिकटक र पब्जी बन्द, सञ्चारमन्त्री भन्छन्, 'एउटा बन्द गर्‍यो अर्को खुल्छ'

एजेन्सी: अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। यस्तै अनलाइन गेम पब्जी पनि प्रतिबन्ध गरिएको छ।

तालिबान नेतृत्त्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक र पब्जी प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरे।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानून र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ। प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ।

अफगानिस्तानमा टिकटक प्रतिबन्ध गर्ने निर्णय यसअघि पनि भएको थियो।

तालिवान नेतृत्त्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेवसाइट बन्द गरेको थियो। तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्वानीले भने, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेवसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ।”

असोज ३, २०७९ सोमबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।