मुस्ताङमा छायाङ्कन भएको हिन्दी फिल्म उचाइको पोस्टरमा सक्कली अमिताभ

मुस्ताङमा छायाङ्कन भएको हिन्दी फिल्म उचाइको पोस्टरमा सक्कली अमिताभ

काठमाडौँ : नेपालको हिमाली भेगमा ६० प्रतिशत छायाङ्कन गरिएको हिन्दी फिल्म उचाइको फस्ट लुकमा सक्कली अमिताभ बच्चन देखिए। जबकि नेपालमा भएको सुटिङमा अमिताभको डमी कलाकार आएका थिए।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ। मित्रताको कथामा बनेको फिल्मको पोस्टरमा तीनै जना हिमालमुनि बसेका छन्।

सुरज बड्जात्याले निर्देशन गरेको फिल्मको सुटिङमा अधिकांश कलाकार नेपालमै आए। अमिताभ आएनन्। उनको भूमिकामा डमी कलाकार चलाइयो। क्लोज सट लगायतका अन्य भाग मुम्बइमै सेट बनाएर सक्कली अमिताभले अभिनय गरे।

फिल्ममा  नेपाली कलाकारले पनि अभिनय गरेका छन्। फिल्म नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो।

असोज ३, २०७९ सोमबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।