रणवीर-आलियाको 'ब्रह्मास्त्र'ले कमायो तीन सय करोडमाथि, एक सय करोड क्लबमा पुग्ने एक सयौं फिल्म

रणवीर-आलियाको 'ब्रह्मास्त्र'ले कमायो तीन सय करोडमाथि, एक सय करोड क्लबमा पुग्ने एक सयौं फिल्म

एजेन्सी: रणवीर कपूर र आलिया भट्टको 'ब्रह्मास्त्र'ले तीन सय करोड भारुभन्दा बढी कमाएको छ। फिल्म प्रदर्शनको सातौँ दिनमा तीन सय करोड क्लबमा प्रवेश गरेको हो।

जसमध्ये भारतमा मात्र १६९ करोड भारुको कमाइ यो फिल्मले गरेको छ।

यस्तै 'ब्रह्मास्त्र'ले अर्को कीर्तिमान पनि बनाएको छ। एक सय करोड क्लबमा पुग्ने यो एक सयौं हिन्दी फिल्म हो। करिब १५ वर्ष पहिले आमिर खानको फिल्म 'गजनी'ले एक सय करोड कमाएको थियो। सय करोड क्लबको सुरुआत यही फिल्मबाट भएको हो।

ब्रह्मास्त्रले आलोचना र बहिष्कारबीच कमाइ गरे पनि पछिल्लो केही दिन यता भने फिल्मको कमाइ १५-२०% ले ओरालो लागेको छ।

असोज १, २०७९ शनिबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।