जजिरा एयरलाइन्सले सुरु गर्याे भैरहवा–कुवेत नियमित उडान
बुटवलः कुवेतको जजिरा एयरलाइन्सले भैरहवा–कुवेत नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ।
गत जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै कुबेत–भैरहवा जिजराले हप्तामा ३ दिन उडान गर्दै आएको थियो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको जानकारी दिए।
उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ।
यी उडान हुँदै कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाइ यात्रु आएका छन्। भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन्।
जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमानले कुबेत–भैरहवाबीच हवाई उडान भर्दै आएको छ। जजिरा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र अन्तराष्ट्रिय एयरलाइन्स हो।
भदौ ३१, २०७९ शुक्रबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।