भियतनाममा भ्रष्टाचार सम्बन्धी एक लाख बीस हजार मुद्दा

भियतनाममा भ्रष्टाचार सम्बन्धी एक लाख बीस हजार मुद्दा

एजेन्सीः भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन्।

भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ।

सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाईरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

‘हामीले यस वर्ष भ्रष्टाचारविरुद्ध शसक्त अभियान चलाएका छौं, त्यसबाट धेरै सकारात्मक नतिजा पनि आएको छ,’ एक सरकारी अधिकारीले भने।

दर्ता भएका मुद्दाको सङ्ख्या यति भए पनि भ्रष्टाचारका घटना भने यो भन्दा धेरै रहेको पनि अधिकारीहरूले अनुमान गरेका छन्।

उनीहरूले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तीव्रताका साथ अगाडि बढाउने अठोट पनि व्यक्त गरेका छन्।

भदौ ३०, २०७९ बिहीबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।