क्यानडाको मन्दिरमा ‘हिन्दुस्तान मुर्दावाद’को नारा, जाँच गर्न भारतकाे माग (भिडियो)

क्यानडाको मन्दिरमा ‘हिन्दुस्तान मुर्दावाद’को नारा,  जाँच गर्न भारतकाे माग (भिडियो)

एजेन्सीः क्यानडाको टोरन्टोस्थित एक मन्दिरमा भारतविरोधी नारा लेखिएको छ।

त्यहाँको बीएपीएस स्वामीनारायण मन्दिरको भित्तामा ‘खालिस्तान जिन्दावाद’, ‘हिन्दुस्तान मुर्दावाद’ लेखिएपछि भारतले क्यानडाका अधिकारीसँग घटनाको जाँच गर्न माग गरेको छ।

टोरन्टोस्थित भारतीय उच्चायोगले यसबारेमा ट्वीट गर्दै भनेको छ, ‘हामी टोरेन्टोको बीएपीएस स्वामीनारायण मन्दिरको भित्तामा भारतविरोधी नारा लेखिएकोमा कडा निन्दा गर्दछौं। हामीले क्यानडाका अधिकारीहरूसँग यस घटनाको जाँच र अपराधीलाई कडा कारबाही गर्न अनुरोध गरेका छौं।’

त्यसैगरी, क्यानडेली सांसद चन्द्र आर्याले ट्वीटरमा घटनाको निन्दा गर्दै क्यानडामा हिन्दु मन्दिरलाई घृणा गर्दै निशानामा पारिएको बताए। घटनाको सन्दर्भमा क्यानडामा भएका हिन्दुहरूको चिन्ता जायज भएको उनको भनाइ छ।

टोरन्टोको स्थानीय प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ।

 

भदौ ३०, २०७९ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।