अभिनेत्री साम्राज्ञीको सन्देश : बिकिनी लगाउन मनपर्छ भने विदेशै जानु पर्दैन है !
काठमाडौँ : नेपाली अभिनेत्रीहरूको विदेश यात्राका अनेक उद्देश्य हुन सक्छन्। त्यसमध्ये एक समुन्द्र किनारमा पुगेर हट बिकिनी पोजका तस्बिर खिचाउने पनि हो। अधिकांश अभिनेत्रीहरूका बिकिनी अवतार विदेशी समुद्री किनारमै देखिन्छन्। जब उनीहरूले ती तस्बिर सामाजिक सञ्जालमा राख्छन् कतिपयको तस्बिरलाई उनका फ्यानहरूले स्विकार्छन् कतिले आलोचना गर्छन्।
केही अभिनेत्रीहरू पनि छन् जसका लागि बिकिनी अवतारका लागि विदेशै जानु पर्दैन। त्यसमा अग्रस्थानमा पर्छिन् अभिनेत्री प्रियङ्का कार्की। त्यही सूचीमा परेकी छिन् चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी देवी शाह।
उनको अभिनयमा जति खुलापन छ व्यक्तिगत जीवनमा पनि उस्तै छिन् उनी। अन्याय विरुद्ध आवाज उठाउन पछि पर्दिनन् उनी भन्ने त निर्देशक र अभिनेता भुवन केसीले आफूमाथि गरेको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा बोलेरै पुष्टि गरिसकिन्। अभिनयमा चुनौती मन पराउने उनको युवा दर्शकमाझ राम्रो क्रेज छ।
उनी सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छिन्। उनी आफ्ना तस्बिरहरू सञ्जालमा राखेर आफ्ना फ्यानहरूसँग आफूले के गरिरहेको छु भन्ने अपडेट पनि गराइरहन्छिन्। हाल पोखरमा रहेकी उनले इन्टाग्राममा तस्बिरहरू राखेर फ्यानहरूलाई अपडेट गराइरहेकी छिन् नै आफूलाई इच्छा लाग्छ भने बिकिनी लगाउन विदेशको भिसै कुरेर बस्नुपर्छ भन्ने छैन है भन्ने सन्देश पनि दिइन्।
उनले इन्स्टाग्राममा राखेका पोखराका तस्बिरहरू नै हुन् माथिका।
भदौ २९, २०७९ बुधबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।