कास्की २ ‘ख’मा उम्मेदवार बन्न कांग्रेसका १८ आकांक्षी

कास्की २ ‘ख’मा उम्मेदवार बन्न कांग्रेसका १८ आकांक्षी

पोखराः आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा १८ आकांक्षी देखिएका छन्।

प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ५ जनाले आकांक्षा देखाउँदा समानुपातिकतर्फ १३ जनाले नाम टिपाएका छन्।

प्रत्यक्षतर्फ गण्डकी सरकारका वर्तमान भौतिक पुर्वाधारमन्त्री कुमार खड्का, महासमिति सदस्य तथा गण्डकी प्रदेश सरकारका वर्तमान कानूनमन्त्री विन्दुकुमार थापा, माधव प्रसाद बास्तोला ‘मधु’, मदन बस्नेत र होम बहादुर बानियाँले आकांक्षा देखाएको प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति दिपेन्द्र मर्सानीले जानकारी दिए।

उनका अनुसार समानुपातिक उम्मेदवार बन्न रामराज लामिछाने, निलम बाटाजु (जनजाती) ,मन्जु श्री थापा, राजेन्द्र पहारी, राधाकृष्ण गुरुङ, अब्दुल मजीद मिया (अल्पसंख्यक), अर्पण कोइराला, उमा कुमारी ठकुरी, पदम सिंह गुरुङ, ऋषिराम सापकोटा, कल्पना बराल, लक्ष्मी पाण्डे, चोलेन्द्र पौडेल लगायतले आकांक्षा देखाएका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित तीन जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्ने मर्सानीले बताए। 

भदौ २९, २०७९ बुधबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।