केन्याको पाँचौं राष्ट्रपतिका रूपमा रुटोकाे शपथ

केन्याको पाँचौं राष्ट्रपतिका रूपमा रुटोकाे शपथ

एजेन्सीः केन्याको पाँचौं राष्ट्रपतिका रूपमा विलियम रुटोले सपथ ग्रहण गर्नुभएको छ।

राजधानी नैरोबीमा मंगलबार विशेष समारोह गरि नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ ग्रहण गराइएको हो। समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए।

केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतीय निर्वाचनमा उनले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका थिए।

पराजित नेता ओङ्गिलाले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए ।तर, सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ।

भदौ २८, २०७९ मंगलबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।