नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको कामकाजको भाषा बनाउने प्रक्रिया थालियो

नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको कामकाजको भाषा बनाउने प्रक्रिया थालियो

काठमाडौं: बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ। यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्त्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

उनका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका छन्।

समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जम्कट्टेलले बताए।

उनका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेपाल र तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरकोे थियो।

“यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो”, उनले भने। 

भदौ २८, २०७९ मंगलबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।