विवादित फिल्म समीक्षक केआरके १० दिन जेल बस्दा १० किलो घटे, पानी मात्र पिएर गुजारा गरे
एजेन्सी: भारतका विवादित फिल्म समीक्षक कमाल राशिद खान उर्फ केआरके केही समयअघि पक्राउ परेका थिए। इरफान खान र ऋषि कपूरको सन्दर्भमा गरेको विवादित ट्वीटका कारण जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो।
हाल उनी थुनामुक्त भइसकेका छन्। थुनामुक्त भएपछि उनी नयाँ नयाँ ट्वीट गरिरहेका छन्। त्यसैक्रममा उनले आफू १० दिनसम्म जेलमा कसरी बसेको भन्नेबारे खुलासा गरेका छन्।
केआरकेका अनुसार उनी १० दिनसम्म केवल पानी मात्र पिएर बसे। यस्तै १० दिनको जेल बसाइँमा उनको १० किलो वजन घटेको पनि उनले बताएका छन्।
उनले लेखेका छन्, "मैले जेलमा १० दिन केवल पानी मात्र पिएर गुजारा गरेँ। त्यसैले मेरो वजन १० किलो घटेको छ।"
I was surviving with only water for 10 days in lockup. So I have lost 10 kg weight.
— KRK (@kamaalrkhan) September 13, 2022
केआरकेलाई गत अगस्ट ३० मा गिरफ्तार गरिएको थियो।
भदौ २८, २०७९ मंगलबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।