कर्मचारीलाई मन्त्रालयको आग्रह : कार्यालय सफा राख्नुस्, पूरा बाहुला भएको पोशाक लगाउनुस्

कर्मचारीलाई मन्त्रालयको आग्रह : कार्यालय सफा राख्नुस्, पूरा बाहुला भएको पोशाक लगाउनुस्

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरूलाई डेंगुबाट बच्न अनुरोध गर्दै सूचना जारी गरेको छ।

सोमबार मन्त्रालयले सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेको हो।

प्रायः दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेका छन्।

मन्त्रालयले डेंगु प्रकोप न्यूनीकरणका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको जनाएको छ।

भदौ २७, २०७९ सोमबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।