असोज ७ गते नै नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण रिलिज हुने

असोज ७ गते नै नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण रिलिज हुने

काठमाडौंः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि असोज सात गते नै प्रदर्शन हुने भएको छ।

लामो समयको अन्योलपछि फिल्मको दुवै संस्करण एकैदिन नेपालमा प्रदर्शन हुने पक्का भएको निर्माता तथा निर्देशक सन्तोष सेनले पुष्टि गरे।

अहिले प्रचारका लागि भारतका विभिन्न राज्यमा रहेका उनले यसको पुष्टि गरेका हुन् ।

‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै दिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं।’

यसअघि टिकटकमा सार्वजनिक एक भिडियोमा निर्माता सेनले फिल्मको हिन्दी र नेपाली संस्करण १४ मिनेट लामो-छोटो भएको बताएका थिए। कहानी पनि केही फरक रहेको उनले भिडियाेमा खुलासा गरेका थिए।

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योलबीच एक सातापछि प्रदर्शन गर्ने चर्चा पनि थियो। तर ती सबै चर्चालाई मात खुवाउँदै वितरकसँगको सल्लाहमा निर्माता एकैदिन चलचित्र रिलिज हुने जानकारी दिए।

भदौ २७, २०७९ सोमबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।