सडकमा एम्बुस थापेर आईएसले गर्‍यो ६ जनाको हत्या

सडकमा एम्बुस थापेर आईएसले गर्‍यो ६ जनाको हत्या

एजेन्सी: सिरियाको हासकाह प्रान्तमा आईएसको आक्रमणमा परी कम्तीमा पनि ६ जना नागरिकको ज्यान गएको छ। हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ज्यान लिइएको हो।

आईएसका आतङ्ककारीहरूले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन्। मारिएका व्यक्ति को हुन् भन्नेबारे अझै खुलेको छैन।

पछिल्लो समयमा आईएस आतङ्ककारीहरूले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन्।

अधिकारीहरूले दिएको जानकारीअनुसार आईएसहरूले सन् २०२२ सुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए। ती आक्रमणहरूमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन्।

भदौ २७, २०७९ सोमबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।