इन्गेजमेन्टको तस्बिर राख्दै गायिका मेलिनाले लेखिन्' जीवन कहिले खत्तम नहोस्'
काठमाडौँ : गायिका मेलिना मैनाली र गायक कमल खत्रीले परिवारको उपस्थितिमा इन्गेजमेन्ट गरेका छन्।
मेलिनाले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् 'जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो। चाहना यति छ कि, साथ तिम्रो होस् र जीवन कहिले खत्तम नहोस्। जीवनको हरेक उतारचढावमा सदैव एक अर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ।’
सामाजिक सञ्जालमा एक अर्काले औँठी साटेको तस्बिर राखेर आर्शिवादको चाहना राखेका छन्। दुवैले आफ्नो प्रेम सम्बन्ध लुकाएका थिएनन्।
भदौ २६, २०७९ आइतबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।