इन्डो–नेपाल होमियोप्याथि सम्मेलन सकियो
काठमाडौँ : राजधानीमा सुरु भएको ‘इन्डो नेपाल होमियोप्याथिक साइन्स कङ्ग्रेस–२०२२’ सम्मेलन सम्पन्न भएको छ। ‘आयुस मेडिकल एसोसिएसन’को आयोजना र ‘अल नेपाल होमियोप्याथिक एसोसिएसन, नेपाल होमियोप्याथिक चिकित्सक सङ्घ, होमियोप्याथिक मेडिकल एसोसिएसन अफ इन्डिया’, होमियोप्याथिक साइन्स कङ्ग्रेस सोसाइटी’ र ‘जीडी मेमोरियल होमियोप्याथिक मेडिकल कलेज एन्ड हस्पिटल पट्ना’ को सह– आयोजनामा दुई दिन सो सम्मेलन भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको अल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. खगेन्द्र कटुवालले जानकारी दिए।
त्यसै गरी विभिन्न बत्ताहरूले होमियोप्याथिको विषयमा धारण राखेको उनले जानकारी दिए। आयोजकका अनुसार नेपाल र भारतका गरी करिब चार सय ५० होमियाप्याथिक चिकित्सक लगायत सहभागी भएको आयोजक संस्थाले जानकारी दिएको। यो सम्मेलनले नेपालमा होमियोप्याथीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
भदौ २६, २०७९ आइतबार १८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।