गण्डकीका मुख्यमन्त्रीको कार्यालय परिसरबाट पाँच कर्मचारी पक्राउ

गण्डकीका मुख्यमन्त्रीको कार्यालय परिसरबाट पाँच कर्मचारी पक्राउ

पोखरा : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पाँच कर्मचारी पक्राउ परेका छन्। प्रदेश निजामती ऐन समावेशी हुनुपर्ने माग सहित मुख्यमन्त्रीको कार्यालय परिसरमा धर्ना दिन पुगेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई प्रतिस्पर्धा समेत गर्न नसक्ने गरी ऐन ल्याउन लागेको विरोधमा गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी नाराबाजी सहित धर्ना दिन पुगेका पाँच कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका लेखा महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेललगायत ५ जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूले वर्तमान कानुन खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय पुगेर विरोध तथा धर्ना दिएका थिए।

भदौ २६, २०७९ आइतबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।