मेक्सिकोमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु

मेक्सिकोमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु

एजेन्सी: मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको छ। राज्यको महान्यायाधिवक्ताको कार्यालयका अनुसार बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको छ।

हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिकानजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर  टाढा सो दुर्घटना भएको हो।

दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन्। दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा नौ हजार ३१५ जनाको मृत्यु भएको छ।

भदौ २६, २०७९ आइतबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।