युक्रेनी सेनाको 'काउन्टर अट्याक'पछि रुसी सेना पछि हट्यो, दुई हजार वर्ग किमि जमीन फिर्ता ल्यायो

युक्रेनी सेनाको 'काउन्टर अट्याक'पछि रुसी सेना पछि हट्यो, दुई हजार वर्ग किमि जमीन फिर्ता ल्यायो

एजेन्सी: युक्रेनी सेनाको तीव्र काउन्टर अट्याकपछि रुसी सेना महत्त्वपूर्ण पूर्वी शहरबाट पछि हटेको छ। युक्रेनी सेनाका अनुसार शनिबार उनीहरू कुपियान्स शहरमा प्रवेश गरेका छन्, जुन रुसी सेनाको महत्त्वपूर्ण आपूर्ति केन्द्र हो।

रुसी सेना पछि हटेको रुसले पनि पुष्टि गरेको छ। रुसको रक्षा मन्त्रालयका अनुसार उसको सेनाहरू पुनः संगठित हुन इजियमबाट फर्किएका छन्। यस्तै बालाकलियाबाट पनि सेना फिर्ता भएका छन्। यी सेना डोनेत्स्कको फोर्सलाई सुदृढ बनाउन फर्केका हुन्।

शनिबार राति एक सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले हालसम्म दुई हजार वर्ग किलोमिटर क्षेत्र पुनः प्राप्ति गरेको बताएका छन्। उनका अनुसार करिब एक हजार वर्ग किलोमिटर क्षेत्र पछिल्लो ४८ घण्टामा प्राप्त भएको हो।

यता इजियमबाट रुसी सेना फिर्ता हुनुलाई महत्त्वपूर्ण मानिएको छ। किनकी यो क्षेत्र रुसको प्रमुख सैन्य अखडामा पर्थ्यो।

भदौ २६, २०७९ आइतबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।