भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

एजेन्सीः भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ।

प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरू बनाउने तयारी गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिए।

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुनेछन्। ती घरहरू प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्।

सरकारले घरवारविहीन न्यून आय भएका परिवारलाई छानेर घर बनाइदिनेछ।

भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरूमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घर बनाइदिँदै आएको छ।

भदौ २५, २०७९ शनिबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।