चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, विलियम बने ‘प्रिन्स अफ वेल्स’

चार्ल्स तृतीय औपचारिक रूपमा बेलायतको राजा घोषित, विलियम बने ‘प्रिन्स अफ वेल्स’
तस्बिर- एपी

काठमाडौंः चार्ल्स तृतीयलाई आधिकारिक रूपमा बेलायतको राजा घोषणा गरिएको छ।

सेन्ट जेम्स दरबारमा शनिबार आयोजित एक ऐतिहासिक समारोहमा उनलाई नयाँ महाराजाको राज्याभिषेकको घोषणा गरिएको हो।

महारानी एलिजाबेथ द्वितीयाका जेठा छोरा ७३ वर्षीय चार्ल्स आफ्नी आमाको मृत्युपछि स्वभाविक रूपमा महाराजा बनेका हुन्।

महारानीको निधनको २४ घण्टा भित्र परम्परागत रूपमा राज्याभिषेक परिषद्को बैठक बोलाइन्छ। तर, महारानीको मृत्युको घोषणामा ढिलाइ भएका कारण शुक्रबार समारोह आयोजना गर्न पर्याप्त समय थिएन।

राजा चार्ल्स तृतीयको नयाँ उपाधिको सार्वजनिक रूपमा घोषणा गर्ने प्रक्रिया धेरै चरणहरूमा पूरा भयो। नयाँ महाराजाको राज्याभिषेकको घोषणापछि स्वर्गीय महारानीको निधनमा शोकमा झुकेका झण्डाहरू पूर्ण रूपमा फहराइएको थियो।

यो कार्यक्रम पहिलो पटक टेलिभिजनमा प्रशारण भएको थियो। राज्याभिषेक परिषद्मा वरिष्ठ क्याबिनेट मन्त्रीहरू, न्यायाधीशहरू र चर्च अफ इङ्गल्याण्डका पदाधिकारी सहभागी थिए।

विलियम बने प्रिन्स अफ वेल्स 
परिषद्मा महाराजा राजा चार्ल्सले व्यक्तिगत रूपमा रानीको मृत्युको घोषणा गरे र स्कटल्याण्डको चर्चको रक्षा गर्ने शपथ लिए। समारोहमा चार्ल्सकी पत्नी क्यामिलाले भाग लिएकी थिइन्, जो अहिले महारानी भइन्। महाराजाका छोरा विलियम पनि यसमा सामेल भए, जसले अहिले प्रिन्स अफ वेल्सको उपाधि पाएका छन्।

भदौ २५, २०७९ शनिबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।