प्रहरीबाट बच्न सेप्टिक ट्याङ्कीमा हाम फाल्दा युवकको मृत्यु

प्रहरीबाट बच्न सेप्टिक ट्याङ्कीमा हाम फाल्दा युवकको मृत्यु
फाइल तस्बिर

एजेन्सीः पाकिस्तानको हैदरावादको टन्डो मोहम्मद खानमा प्रहरीको कुटपिटबाट बच्न एक युवकले सेप्टिक ट्याङ्कीमा हाम फाल्दा डुबेर मृत्यु भएको छ।

पाकिस्तानी समाचार संस्था डनन्यूजका अुनसार प्रेम कोहलीका ३५ वर्षीय छोरा आलम ज्वरो आएपछि उपचारका लागि सिभिल अस्पताल गएका थिए। त्यहाँ उनको प्रहरीसँग झगडा भयो।

आलमलाई प्रहरीले कुटपिट गरेको उनको परिवारको दाबी छ। यो घटना सिसिटिभी क्यामेरामा कैद भएको छ। कुटपिटबाट बच्न आलम अस्पतालबाट जोगिएर सेप्टिक ट्याङ्कीमा हाम फालेका थिए।

प्रहरीले उनलाई कुटपिट गर्न खोजेको फुटेजमा देखिएको छ। पीडितका आफन्तले विरोधमा हैदरावाद–सुजावल सडक अवरुद्ध गरेका छन्। उनले प्रहरीमाथि मुद्दा दर्ता गर्न माग गरेका छन।

भदौ २५, २०७९ शनिबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।