पेरुमा अचम्मको अस्थिरता : पाँच दिनमा तीन राष्ट्रपति, चार विदेश मन्त्रीको राजीनामा

पेरुमा अचम्मको अस्थिरता : पाँच दिनमा तीन राष्ट्रपति, चार विदेश मन्त्रीको राजीनामा

एजेन्सीः पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन्।

राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन्। राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा  विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ।

कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि  हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छवटा आपराधिक अनुसन्धानको सामना गरिरहेको छ।

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए। त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन्।

पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृङ्खला चलिरहेको छ। सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति चुनिएका छन्।

भदौ २५, २०७९ शनिबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।