ह्वेल माछासँग ठोकिएर डुङ्गा पल्टियो, दुई जनाको मृत्यु तीन बेपत्ता

ह्वेल माछासँग ठोकिएर डुङ्गा पल्टियो, दुई जनाको मृत्यु तीन बेपत्ता

एजेन्सी: न्युजिल्याण्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोकिएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको छ। प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन्।

त्यसैगरी अन्य ६ जनाको उद्धार गरिएको छ।

उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ। 

काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ।

भदौ २५, २०७९ शनिबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।