अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट दुई वयस्क र तीन बालबालिकाको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा गोली प्रहारबाट दुई वयस्क र तीन बालबालिकाको मृत्यु

एजेन्सी: अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन्।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानमा फेला पारेका थिए।

"यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो," सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन्।

घटनाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

भदौ २५, २०७९ शनिबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।