नाबालिग बलात्कारबारे कलाकार शन्तोष पन्तको विवादित बयान : करोडौँ असुल्न उजुरी गरेको हो कि!

नाबालिग बलात्कारबारे कलाकार शन्तोष पन्तको विवादित बयान : करोडौँ असुल्न उजुरी गरेको हो कि!

काठमाडौँ : कलाकार सन्तोष पन्तले नाबालिग बलात्कार घटनाबारे विवादित धारणा सार्वजनिक गरेका छन्। उनले पल शाहको केसमा बार्गेनिङ गरेर १० लाख लिएको र अहिले नेपाली क्रिकेट टोलीका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलेसँग करोडौँ रकम असुल्न आरोप लगाएको हुनसक्ने दाबी गरेका छन्।

फिल्म 'हिजोआजको कुरा'को प्रमोसनका लागि एभरेष्टनेपाल नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा उनले यस्तो विवादित भनाई सार्वजनिक गरेका हुन्।

बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय सुनाइएका पल शाहमाथि लागेको बलात्कारको अभियोगमा सफाइ पाए। १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकले विचार गर्नुपर्ने भन्दै अदालतले शाहलाई १० लाख तिराएकोमा आपत्ति जनाउँदै नाबालिगको अभिभावकलाई पनि जरिवाना गराउनुपर्ने माग समेत गरे।

नेपालमा अहिले पनि १६-१७ वर्षको उमेरमा विवाह हुने गरेको भन्दै उनले नेपालमा १८ वर्ष मुनिकालाई नाबालिग भन्न नहुने बताए। उनले सन्दीप लामिछानेबारे सरकारले विचार गर्नुपर्ने भन्दै देशको खेलाडीको क्याप्टेन रहेको व्यक्तिबारे बलात्कारको आरोप लाग्दा देशकै बेइज्जत भएको बताए।

उनले पाँच गते भएको भनिएको घटनाको २२ गते जाहेरी परेको भन्दै यसलाई गोप्य रूपमा राख्नुपर्ने भन्दै नियोजित रूपमा राष्ट्रको बेइज्जत गरेको दाबी गरे। उनले सो अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्तिहरू दिएका छन्। उनले योजनाबद्ध रूपमा पैसा असुल्न सन्दीपविरुद्ध उजुरी गरेको हुनसक्ने समेत दाबी गरे।

'नाबालिका पहिला नगरकोट किन गएको, गौशालाको होटेलमा गएर रातभर किन बसेको, बिहान रिसेप्सनलाई, गार्डलाई भन्न सक्दैन?,' उनले भने' उता (पल शाह) को मा१० लाखको कारणले उक्साएको हालेको हो कि! हैसियत हेरेर पैसा माग्ने भन्ने सुनिरहेको छु। उता १० लाख आयो यता त करोडौँ कमाएको छ आउँछ भनेको हो कि! कमाउने धन्दा भयो कि क्या हो?'

उनले बाउ आमालाई कारबाही हुनु पर्ने माग गर्दै भने' नाबालिग छोरीलाई छाडा हिँड्न दिने अनि पछि यस्तो भयो भन्ने?'

उनले अब त कुन बेला फसिने भन्ने डर भएको भन्दै अन्तर्वार्ताभर गम्भीर विषयमा आपत्तिजनक अभिव्यक्ति दिइरहे।

यसअगाडि गायक शिव परियारले फेसबुकमा बलात्कारबारे आपत्तीजनक धारणा राखेका थिए। विवाद भएपछि उनले डिलेट गरे पनि सामाजिक सञ्जालमा स्क्रिनसट घुमिरहेको छ।

भदौ २४, २०७९ शुक्रबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।