बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन

एजेन्सी : संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। ९६ वर्षीया महारानीको बोलमोरलमा बिहीबार निधन भएको हो। 

बकिंगम दरवारले बिहीबार ढिला गरेर जारी गरेको सूचनामा महारानी एलिजावेथको बोलमोरलमा निधन भएको छ।

बेलायतको इतिहासमा उनी सबैभन्दा लामो सयम शासन गरेकी महारानी हुन्। उनले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।

सन् १९५२ मा उनी बेलायतको राजगद्दीमा पुगेकी थिइन्। गद्दीबाटै बेलायतको इतिहासमा थुप्रै परिवर्तनको साक्षी भइन्। 

अब उनका छोरा चार्ल्स देशको नयाँ राजा बन्नेछन्।  सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो।

भदौ २४, २०७९ शुक्रबार ००:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।