एमालेसँग श्रमिक वर्गको अनिवार्य प्रतिनिधित्व माग्दै जिफन्ट

एमालेसँग श्रमिक वर्गको अनिवार्य प्रतिनिधित्व माग्दै जिफन्ट

बुटवलः एमालेनिकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को लुम्बिनी प्रदेश कमिटिले आगामी निर्वाचनमा श्रमिक वर्गको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने भन्दै पार्टीलाई ध्यानाकर्षण गराएको छ।

बिहीबार एमाले लुम्बिनी कमिटीका अध्यक्ष रामकृष्ण मैनालीलाई पत्र बुझाउँदै जिफन्ट अध्यक्ष हुमाकान्त काफ्लेले प्रदेश र संघीय निर्वाचनको उम्मेदवार छनोटमा १० प्रतिशत श्रमिक वर्ग हुनुपर्ने माग गरे।

जिफन्ट लुम्बिनीका सचिव सन्तोष केसीले एमाले श्रमिक वर्गको पक्षमा रहेको भन्दै नामावली सिफारिसदेखि उम्मेदवार छनोटसम्म श्रमिकको प्रतिनिधत्व गराउने विश्वास व्यक्त गरे।

संघीय निर्वाचनमा एमालेका केन्द्रीय सदस्य तथा जिफन्त उपाध्यक्षसमेत रहेका कमल गौतम र श्रम तथा रोजगार विभाग सचिव एवं जिफन्ट उपाध्यक्ष जनक चौधरीलाई प्रतिनिधिको रूपमा समानुपातिकतर्फको उम्मेदवार सिफारिस भएका छन्।

प्रदेशमा पनि १० प्रतिशत उम्मेदवार सिफारिस भएका छन्

भदौ २३, २०७९ बिहीबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।