मन्त्री खापुङले शिक्षण अस्पतालको सुरेश वाग्ले केन्द्रको उद्घाटन गरे
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले त्रिवि शिक्षण अस्पताल अन्तर्गतको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्रको बुधवार उद्घाटन गरेका छन्।
सोही भवनमा क्यान्सरका बिरामीको डे केयर अन्तर्गत १२ बेडमा केमो थेरापी सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए।
सो भवनमा तीन वटा रेडियो थेरापीको मेसिन राख्ने बङ्कर रहेको अस्पतालले जनाएको छ। मन्त्री खापुङले सो बङ्करको समेत अवलोकन गरी रेडियो थेरापी मेसिन उपलब्ध गराउन पहल गर्ने बताएको अधिकारीले जानकारी दिए।
यो ६ तले भवनमा सुरुवाती चरणमा आइसियु सहित एक सय बेडमा क्यान्सरका बिरामीको उपचार गरिने लक्ष रहेको अस्पतालले जनाएको छ। आइसियु सञ्चालनका लागि केही महिना लाग्ने अस्पतालले जनाएको छ।
भदौ २२, २०७९ बुधबार १८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।