जन्मदिनमा फर्सीकाे डुंगा बनाएर ६१ किलाेमिटर तर्दै विश्वरेकर्ड

जन्मदिनमा फर्सीकाे डुंगा बनाएर ६१ किलाेमिटर तर्दै विश्वरेकर्ड

एजेन्सी : अधिकांश मान्छेले आफ्नो जन्मदिन अक्सर केक काटेर, घुम्न निस्केर, साथीभाई तथा परिवारका सदस्यसँग रमाइलो गरी मनाउने गर्छन्।

तर, अमेरिकाको नेब्रास्काका एक पुरुषले भने विश्व रेकर्ड कायम राख्नकै लागि फर्सीको डुंगा तरेर जन्मदिन मनाएका छन्।

नेब्रास्काबासी डुवाने ह्यान्सेनले ६०औं जन्मदिनमा फर्सीको डुंगा बनाएर मिसौरी नदी पार गरेका छन्।

विश्व रेकर्ड तोड्नकै लागि उनले ८४६ पाउन्ड (३८३ केजी)को फर्सीको डुंगा बनाएर ३८ माइल (६१ किलाेमिटर) नदी तरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएकाे छ।

यसअघि सन् २०१६ मा रिक स्विन्सनले फर्सीको डुंगामार्फत रेड नदी पार गरेका थिए। स्विन्सनले सो समयमा झण्डै १५ माइल (२४ किलाेमिटर) दुरी पार गरेका थिए।

भदौ २२, २०७९ बुधबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।