सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : होटलको कोठा नम्बर ३०५ मा पटक-पटक करणी

सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : होटलको कोठा नम्बर ३०५ मा पटक-पटक करणी

काठमाडौं :  नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको जाहेरीबारे प्रहरीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

विज्ञप्तिमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बेलुका ११:५५ र १२:२५ बजे बलात्कार गरेको जाहेरी परेको उल्लेख छ।

विज्ञप्तिमा जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको उल्लेख छ।

विज्ञप्ति अनुसार अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीद्वारा घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको उल्लेख छ।

प्रहरीको विज्ञप्ति
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी (जजक) कसुरमा प्रहरी वृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी:

गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जी. स्याङ्जा आरुचौर गा.पा. स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ न.पा. बस्ने अं. ५'७” उचाइ, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अं. २३:५५ बजे का.जी.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९। ०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।

प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।

भदौ २२, २०७९ बुधबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।