क्रिकेट टिमका क्याप्टेन सन्दीपले कफी खान बोलाएर बलात्कार गरेको भन्दै पर्‍यो जाहेरी

क्रिकेट टिमका क्याप्टेन सन्दीपले कफी खान बोलाएर बलात्कार गरेको भन्दै पर्‍यो जाहेरी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ। प्रहरी वृत्त गौशालामा एक नाबालिगको परिवारले लामिछानेविरुद्ध जाहेरी दिएका हुन्।

जाहेरीमा स्न्यापच्याटमार्फत सम्पर्कमा आएका सन्दीपले भेट्न बोलाइ नगरकोट लगेर मद्यपान गराइ मध्यरात गौशाला क्षेत्रको एक होटेलमा राखेर बलात्कार गरेको उल्लेख गरिएको स्रोतले बतायो। उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले जाहेरी परेको पुष्टि गरे।

भदौ ५ मा भएको भनिएको घटनाबारे प्रहरीले जाहेरी दर्ता गरेर नाबालिगको स्वास्थ्य परीक्षण समेत गरिसकेको स्रोतले जानकारी दियो।

जानकार स्रोतका अनुसार ती किशोरी होस्टलमा बस्दै आएकी थिइन्। उनी सन्दीपको फ्यान भएकाले स्न्यापच्याटमा जोडिएकी थिइन्। सन्दीपले भेट्न स्वीकार गरेपछि कफी खान होस्टलबाट निस्किए पनि सन्दीपले कर गरेर नगरकोट पुर्याएकाे जाहेरीमा दाबी गरिएको छ।

सन्दीप अहिले नेपालमा छैनन्। उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। जाहेरीअनुसार घटना भदौ ५ गतेको हो।

भदौ २१, २०७९ मंगलबार २३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।