सामाजिक सञ्जाल दुरूपयोग गरेपछि साउदी अरबमा एक महिलालाई ४५ वर्ष कैद

सामाजिक सञ्जाल दुरूपयोग गरेपछि साउदी अरबमा एक महिलालाई ४५ वर्ष कैद

काठमाडौं : साउदी अरबकी एक महिलालाई सामाजिक सञ्जालमा अफवाह फैलाएकोमा दोषी ठहर गर्दै ४५ वर्षको जेल सनाय सुनाइएको छ।

नूरा अल कहतानी नामक महिलामाथि सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिने तथा सार्वजनिक व्यवस्थालाई उल्लंघन गरेको मुद्दामा फैसाल गर्दै त्यहाँको विशेष अदालतले ४५ वर्षको जेल सजाय सुनाएको हो।

ट्वीटरमार्फत अराजक सन्देश फैलाएको भन्दै २०२१ जुलाईमा उनलाई पक्राउ गरिएको थियो। यद्यपि उनको एकाउन्ट खासै सक्रिय भने छैन।

सामाजिक सञ्जाल दुरुपयोग गरेबापत साउदीमा सुनाइएको यो नै ठूलो फैसला हो। यसअघि साउदी अरबकै अर्की महिला अल शहाबलाई पनि सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो।

भदौ २१, २०७९ मंगलबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।