लुम्बिनी प्रादेशिक अस्पतालकाे ठेक्का प्रक्रिया राेक्न अन्तरिम आदेश

लुम्बिनी प्रादेशिक अस्पतालकाे ठेक्का प्रक्रिया राेक्न अन्तरिम आदेश

बुटवल : अन्ततः उच्च अदालत तुल्सीपुरले लुम्बिनी प्रादेशिक अस्पतालकाे नयाँ भवन ठेक्का प्रक्रिया राेक्न अन्तरिम आदेश दिएकाे छ।

उच्च अदालत तुल्सीपुर बुटवल इजलासले साउन २५ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई न्यायाधीश रामप्रसाद ओलीको इजलासले निरन्तरता दिएसँगै अस्पतालकाे ठेक्का प्रक्रिया राेकिएकाे हाे।

निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै प्रदेश पूर्वाधार प्राधिकरणको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए। उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो।

भदौ २१, २०७९ मंगलबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।