क्यानडामा १० जनालाई छुरा हानेर हत्या गर्ने एक आरोपित मृत फेला

क्यानडामा १० जनालाई छुरा हानेर हत्या गर्ने एक आरोपित मृत फेला

एजेन्सी: आइतबार क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो। सोही घटनामा १८ जना घाइते भएका थिए।

यो हत्याकाण्ड मच्चाउने दुई जना रहेको क्यानडा प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको थियो। त्यसमध्ये एक आरोपितको भने मृत्यु भएको छ।

३१ वर्षीय डेमियन स्यान्डरसन भन्ने आरोपित मृत फेला परेका हुन्। उनको शव जेम्स स्मित क्री नेशन भन्ने स्थानमा फेला परेको हो। यही स्थानमा आइतबार उनले हत्या गरेको भनिएका अधिकांश मृतक भेटिएका थिए।

अर्का आरोपित माइल्स स्यान्डरसन रेजिना शहरमा रहेको अनुमान प्रहरीले गरेको छ। उनीहरू दाजुभाइ रहेको तथ्य खुलेको छ।

क्यानडामा भएको यो हालसम्मकै खतरनाक सामूहिक हत्या भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडेले घटनालाई "भयानक र हृदयविदारक" भनेका थिए।

भदौ २१, २०७९ मंगलबार ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।