चर्चित भारतीय र्‍याप रियालिटीमा नेपहपको प्रशंसा गर्दै जजले भने 'नेपाली म्युजिक इज क्रेजी''

चर्चित भारतीय र्‍याप रियालिटीमा नेपहपको प्रशंसा गर्दै जजले भने 'नेपाली म्युजिक इज क्रेजी''

काठमाडौँ : भारतको चर्चित र्याप सम्बन्धी रियालिटी शो एमटिभी हसल। अनि त्यही कार्यक्रममा नेपाली र्याप अभियान नेपहपको चर्चा। गजबै भयो।

एमटिभी हसलको दोस्रो सिजन हसल भर्सन २ मा प्रतियोगीको रूपमा आए भारत गान्तोकको नेपाली भाषी उगेन नाम्ग्याल भुटिया। उनले आफ्नो सम्प्रदायलाई अझ परिचित गराउन नाम लिए चर्चित भारतीय फुटबल भाइचुङ भुटियाको।

उनले आफू भारतीय नागरिक हुँदाहुँदै पनि नेपाली मुलको भएकैले विभेदमा पर्ने गरेको पीडा पोखेनन् मात्र र्यापमा समेत त्यसको प्रस्तुति दिए।

कार्यक्रमका जजमध्येका सिजन एकका प्रतियोगी इपिआरले उगेनसँग कुरा गर्दा नेपाली भाषामा मात्रै कुरा गरेनन् नेपालमा र्यापको क्रेज बढाउने नेपहपको पनि चर्चा गरे।

उगेनले आफ्नो र्यापमा वीर गोर्खालीदेखि भारतीय मूलका चर्चित नेपाली डेनी डेन्जोङपाको नाम समेत मिसाएर र्याप गाए। उनको प्रस्तुति सबै जजहरूले मन पराए नै र्यापर बादशाहले नेपाली सङ्गीतको चर्चा गर्दै भने'मलाई नेपाली म्युजिक एक दम मन पर्छ। म क्रेजि हुँ।'

भदौ २०, २०७९ सोमबार २३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।