आफ्नै कपाल खाने अनौठो बानी, अप्रेशन गरेर पेटबाट निकालियो डेढ किलो कपाल

आफ्नै कपाल खाने अनौठो बानी, अप्रेशन गरेर पेटबाट निकालियो डेढ किलो कपाल

एजेन्सी : मानिसका विभिन्न किसिमका लत हुने गर्छन्। लत र कुलत भनेर छुट्टाउने गरिए पनि केही मानिस भने कहिलेकाहीँ अनौठो खाले लतको सिकार बन्ने गर्छन्।

यस्तै भारतको जयपुरकी एक महिला पनि अनौठो लतको सिकार बनेकी थिइन्। ती महिलालाई आफ्नै कपाल खाने लत लागेको थियो। २४ वर्षीया मन्दोरी देवी नाम गरेकी ती महिलाले किशोरावस्थादेखि आफ्नै कपाल खाने लत लागेको थियो।

कपाल खाने लतका कारण अन्य खानेकुरा खानेवित्तिकै बान्ताको आउने र नराम्रोसँग पेट दुख्ने समस्या सुरु भयो। त्यसपछि सन् २०१७ मा पहिलो पटक अस्पताल भर्ना गराइएको थियो।

लामो समयको प्रयासपछि उनको पेटमा कपालको गुजुल्टो बनेको पत्ता लाग्यो। चिकित्सकले उनको पेटबाट १० इन्च फराकिलो र झन्डै १.५ केजीको रौक गुजुल्टो निकालेका थिए।

भारतको सरकारी अस्पताल स्याटेलाईट अस्पतालमा उनको उपचार गरिएको थियो। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको थियो।

उनले जटिल स्वास्थ्य समस्याको सामना गर्नुपरेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। चिकित्सकका अनुसार केही महिलाहरूमा आफ्नो कपाल खाने लत लागेको हुन्छ। हालसम्म १३८ वटा त्यस्ता केसको उपचार गर्नुपरेको थियो।

भदौ २०, २०७९ सोमबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।