बेलायतकाे सत्ताधारी पार्टीकाे नेता चुनिइन् लिज ट्रस, मंगलबार प्रधानमन्त्री नियुक्त हुने

बेलायतकाे सत्ताधारी पार्टीकाे नेता चुनिइन् लिज ट्रस, मंगलबार प्रधानमन्त्री नियुक्त हुने

एजेन्सी : बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई पार्टीकाे नयाँ नेताकाे रूपमा चयन गरेकाे छ।

स्थानीय समयानुसार सोमबार दिउँसो ट्रसलाई पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उनी मंगलबार प्रधानमन्त्री नियुक्त हुनेछिन्।

कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन्।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।

सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए। तर, पार्टीका सदस्यहरूको मतबाट उनले सुनकलाई पछाडि पारिन्।

उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौं बिताएकी छन् भने आफ्नो प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी छन्।

भदौ २०, २०७९ सोमबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।