क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या, १५ घाइते, दुई आरोपी फरार

क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या, १५ घाइते, दुई आरोपी फरार

एजेन्सी: क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। सोही घटनामा १५ जना घाइते भएका छन्।

मृतक र घाइतेहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डन गाउँका १३ स्थानहरूमा फेला परेका थिए। डेमियन स्यान्डरसन र माइल्स स्यान्डरसन नामका दुई आरोपी हाल फरार छन्। उनीहरू हतियारधारी भएको र खतरनाक भएको स्थानीय प्रहरीले जनाएको छ।

फरार आरोपीहरूको खोजी भइरहेकाले प्रहरीले स्थानीयलाई सुरक्षित साथ बस्न भनेको छ।

जेम्स स्मिथ क्री नेशनमा आपत्काल घोषणा गरिएको छ। यस्तै सास्काचेवान, म्यानिटोबा र अल्बर्टा प्रान्तका हरेक व्यक्तिको मोबाइल फोनमा सावधानी अपनाउन मेसेज पठाइएको छ।

क्यानडामा भएको यो हालसम्मकै खतरनाक सामूहिक हत्या भएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री जस्टिन ट्रुडेले घटनालाई "भयानक र हृदयविदारक" भनेका छन्।

आइतबार साँझ प्रेस ब्रिफिङमा स्थानीय प्रहरीले १५ भन्दा बढी घाइते भएको हुनसक्ने बताएका थिए।

भदौ २०, २०७९ सोमबार १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।