देशले प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको दाबी गर्ने पौडेल सर्वसम्मत सिफारिसमा परेनन्

देशले प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको दाबी गर्ने पौडेल सर्वसम्मत सिफारिसमा परेनन्

काठमाडौँ : देशले आफूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको दाबी गरेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ मा प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस हुन सकेनन्।

समानुपातिकमा बस्न पार्टीका नेताहरूले सुझाव दिए पनि उनी तनहुँ-१ बाट अन्तिम पटक प्रतिनिधि सभा सदस्य हुने प्रयासमा छन्। तर उनको नाम सर्वसम्मत सिफारिस भएन। जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय शङ्कर भण्डारी र गोविन्द भट्टराइको नाम समेत सिफारिस गरेको छ।

सो क्षेत्रमा गत निर्वाचनमा पौडेल एकीकृत समाजवादीमा रहेका नेता किसान श्रेष्ठसँग पराजित भएका थिए। एकीकृत समाजवादी अहिले पाँच दलीय गठबन्धनमा रहेकाले सो क्षेत्रमा समाजवादीले नै दाबी गरिरहेको छ।

गत निर्वाचनमा शङ्कर भण्डारी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकोमा यस पटक उनी एकमा आएका छन्।

भदौ १९, २०७९ आइतबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।