अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत, २ मा यज्ञ
काठमाडौँ : पार्टी नेतृत्वको नीति विरुद्ध उभिँदै आएका एमाले नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन्।
पार्टीको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावल २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकमा बसेका उनी २०५१ र २०७० मा निर्वाचित भएका थिए।
अछाम क्षेत्र नम्बर २ मा पनि यज्ञ बोगटीको नाम सर्वसम्मत सिफारिस भएका छन्।
भदौ १९, २०७९ आइतबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।