रुपन्देही ३ बाट प्रत्यक्षमा घनश्याम र वासुदेवको नाम सिफारिस

रुपन्देही ३ बाट प्रत्यक्षमा घनश्याम र वासुदेवको नाम सिफारिस

बुटवल : एमालेले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी ४ जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षमा घनश्याम भुसाल र वासुदेव घिमिरे सहित ४ जनाको नाम सिफारिस गरेको हो। भुसाल र घिमिरेसँगै यज्ञजित शाह र दुर्गा भुसालको नाम समेत सिफारिसमा परेको छ।

एमाले ३ नम्वर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भुसाल र लुम्बिनी प्रदेश कमिटी सदस्य र समेत रहेका घिमिरेसँगै लुम्बिनी प्रदेश कमिटी सदस्य शाह र शियारीका दुर्गा भुसालको नाम सिफारिस गरेको हो।

भुसाल २०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट राप्रपा-काङ्ग्रेस गठबन्धनका उम्मेदवार दीपक बोहोरालाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगरप्रमुखको रूपमा विजयी घिमिरेले लोकप्रिय भएका थिए।

भदौ १९, २०७९ आइतबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।