'प्रकाश' हेर्न गएका शिक्षामन्त्री पौडेल रिसाए, प्रचण्डले रद्द गरे फिल्म हेर्ने योजना

'प्रकाश' हेर्न गएका शिक्षामन्त्री पौडेल रिसाए, प्रचण्डले रद्द गरे फिल्म हेर्ने योजना

काठमाडौं: फिल्म 'प्रकाश' हेर्न विश्वज्योति हल पुगेका शिक्षामन्त्री देवेन्द्र पौडेलले फिल्मप्रति आपत्ति जनाएका छन्। फिल्ममा माओवादी जनयुद्धलाई गलत तरिकाले प्रस्तुत गरिएको भन्दै पौडेल रिसाएका हुन्।

पौडेलको अभिव्यक्तिसँगै 'प्रकाश' हेर्ने प्लान बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि योजना रद्द गरेको बताइएको छ। यसअघि प्रचण्ड प्रकाश हेर्न जाने भनेर चर्चा भएको थियो।

पौडेलले फिल्ममा राजनीतिक पूर्वाग्रह भएको भन्दै आपत्ति जनाएका हुन्। उनले फिल्ममा देखाइएको कम्युनिष्ट पार्टीको झण्डा, त्यहाँ प्रस्तुत भएको विम्ब, गलत काम गर्ने व्यक्ति जनयुद्ध लडेको पार्टीबाट निर्वाचित भएको लगायतका दृश्यमा आपत्ति जनाएका हुन्।

शिक्षामन्त्रीले ४० वर्षअघिको मुद्दालाई अहिलेको जस्तो गरी बनाएर प्रस्तुत गरिएको पनि आरोप लगाए।

यद्यपि बाँकी पक्षमा भने फिल्म राम्रै बनेको उनले बताए। उनी शिक्षाको मुद्दा बोकेको फिल्म भनेर हेर्न गए पनि प्रधान विषय अर्कै पाएपछि रिसाएका हुन्।

उनले नेपालमा शिक्षाको स्तर फिल्ममा देखाइएको भन्दा निकै फरक र अघि बढेको भन्दै भने, ‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने हो।’

भदौ १९, २०७९ आइतबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।