एस एस राजामौलीले 'ब्रह्मास्त्र'को तेलुगु भर्सन बनाउने, 'ब्रह्मास्त्र'लाई शुभकामना दिए एनटीआरले
एजेन्सी: भारतीय चलचित्र उद्योगका चर्चित निर्देशक एस एस राजामौलीले 'ब्रह्मास्त्र'को तेलुगु भर्सन बनाउने भएका छन्। रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहने चलचित्र ब्रह्मास्त्र यही सेप्टेम्बर ९ मा रिलिज हुँदैछ।
यसको तेलुगु भर्सन राजामौलीले बनाउने भएका हुन्।
यस्तै रिलिजअघि फिल्मको प्रोमोशनको क्रममा फिल्म युनिट हैदरावाद पुगेको थियो। त्यहाँ प्रमुख अतिथि थिए- जुनियर एनटीआर। उनै एनटीआरले करण जोहर र राजामौलीले नै दक्षिण भारतीय र बलिउड फिल्मबीचको भेद हटाएको पनि बताए। अनि ब्रह्मास्त्रलाई भारतीय फिल्म उद्योगकै ब्रह्मास्त्र सावित हुन पनि शुभकामना दिए उनले।
ब्रह्मास्त्र बलिउडकै हालसम्मकै महँगो फिल्म हो। यसमा रणवीर र आलियाबाहेक अमिताभ बच्चन, नागार्जुन अक्किनेनी लगायतको पनि अभिनय छ।
विश्वभर ब्रह्मास्त्रले आठ हजार स्क्रिन पाएको छ। भारतमा मात्र पाँच हजार स्क्रिनमा रिलिज हुनेछ।
ब्रह्मास्त्रको हिन्दी भर्सन अयान मुखर्जीले निर्देशन गरेका छन्।
भदौ १९, २०७९ आइतबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।