अफगानिस्तानमा मस्जिदमा विस्फोट हुँदा तालिबान धर्मगुरुसहित १८ जना मारिए

अफगानिस्तानमा मस्जिदमा विस्फोट हुँदा तालिबान धर्मगुरुसहित १८ जना मारिए

एजेन्सी: अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला बम विस्फोट हुँदा १८ जना मारिएका छन्। मृत्यु हुनेमा तालिवानका एक जना प्रमुख धर्मगुरु पनि रहेका छन्।

विस्फोटमा परी कम्तीमा २३ जना घाइते भएका छन्।

हेरात शहरको गुजरगाह मस्दिमा भएको विस्फोटपछि सार्वजनिक भएको एक भिडियोमा धार्मिकस्थलको आँगन शवले भरिएको, जमीन रगताम्मे भएको देखिन्छ।

विस्फोटमा मारिएका प्रमुख धर्मगुरु मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए। उनलाई तालिवानले प्रमुख धर्मगुरुका रूपमा मानेको थियो।

धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन्।

भदौ १८, २०७९ शनिबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।