टायर फेर्दै गरेको बसलाई ट्रकले ठक्कर दिँदा भारतमा ४ नेपालीको मृत्यु

टायर फेर्दै गरेको बसलाई ट्रकले ठक्कर दिँदा भारतमा ४ नेपालीको मृत्यु

एजेन्सी : भारतको उत्तरप्रदेशमा पन्चर बनाउन रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ।

शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा राेकिएकाे बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको हाे। अन्य २४ जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएकाे छ।

घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ। गम्भीर घाइते भएका छ जनालाई उत्तरप्रदेशकाे राजधानी लखनउ रिफर गरिएकाे छ।

६० नेपाली कामदार सवार बस नेपालबाट गाेवातर्फ जाँदै थियाे। पन्चर टायर फेरिरहेको बेलामा तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको समाचारमा उल्लेख छ।

भदौ १८, २०७९ शनिबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।