एकै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि दम्पत्ती नै सिफारिस
बुटवल : नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–५ क्षेत्रीय समितिले प्रतिनिधि सभा सदस्य उम्मेदवारका शाह दम्पत्तीलाई सिफारिस गरेको छ।
४ मंसिरमा हुन लागेको निर्वाचनमा प्रतिनिधि सभातर्फका लागि बहालवाला सांसद भरतकुमार शाह र उनकी श्रीमती अनिता शाहलाई सिफारिस गरेकाे हाे।
भरत शाह प्रत्यक्षतर्फ र अनिता शाह समानुपातिकतर्फ महिलाबाट सिफारिस भएको कांग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान बताए।
प्रत्यक्षतर्फ भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएको कांग्रेसले जनाएको छ । शाह हाल संघीय संसद सार्वजनिक लेखा समितिका सभापति हुन्।
२०५६, २०७० र २०७४ मा गरी तीन पटक निर्वाचन जितेका काँग्रेसका भरतकुमार शाह पूर्वमन्त्री समेत हुन्।
भदौ १८, २०७९ शनिबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।