पाकिस्तानको एक तिहाइ भू–भाग डुबानमा, खाद्य संकट अझ बढ्ने

पाकिस्तानको एक तिहाइ भू–भाग डुबानमा, खाद्य संकट अझ बढ्ने

एजेन्सी : पाकिस्तानमा आएको विनाशकारी बाढीले देशको एक तिहाइ भू–भाग डुबानमा परेको छ।

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए)ले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरमा वर्षा र बाढीले पाकिस्तानलाई पुर्याएको क्षति देखिएको छ। तस्बिरमा सिन्धु नदीले १०० किलोमिटर चौडा ताल बनाएको स्पष्ट देखिन्छ।

सीएनएनका अनुसार, विनाशकारी बाढीले लाखौं विघा खेतीयोग्य जमिन नष्ट गरेको र हजारौं पशुचौपाया डुबेकाले पाकिस्तान खाद्यान्न संकटको अझ बढ्ने देखिएको छ।

सीएनएनले भनेको छ, ‘बाढीमा परेका देशमा २ करोड ७० लाख मानिसहरूका लागि पर्याप्त खाना थिएन, जसकारण अहिले थप खाद्यान्न संकट हुने खतरा छ।’
पाकिस्तानले अहिले पनि बाढीका कारण पाकिस्तानले खाद्यान्न र स्वास्थ्य संकटको सामना गरिरहेको छ।

अगस्ट ३० मा इएसएको तस्बिरहरू अनुसार, सामान्य भन्दा १० गुणा बढी मुसलधारे वर्षाले सिन्धु नदी ओभरफ्लो भएको छ।

भदौ १८, २०७९ शनिबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।