बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वको पाँचौं अर्थव्यवस्था

बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वको पाँचौं अर्थव्यवस्था

एजेन्सी : बेलायतलाई पछि पार्दै भारतको अर्थव्यवस्था विश्वको पाँचौं अर्थव्यवस्था बनेको छ। बेलायतको अर्थव्यवस्था भने खस्केर छैटौं स्थानमा झरेको हो।

ब्लूमबर्गको रिपोर्टअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको घरेलु उत्पादनको तथ्याङ्कका अनुसार २०२१ को तेस्रो त्रैमासिकमा भारतले यो सफलता हात पारेको हो। यो गणना अमेरिकी डलरमा गरिएको हो।

भारतीय अर्थव्यवस्थाको आकार ८५४.७ अर्ब डलर हुँदा बेलायत ८१६ अर्बमा सीमित छ। भारतीय अर्थव्यवस्थामा यो वर्ष सात प्रतिशत बढ्नेले अनुमान गरिएको छ।

कोरोना महामारीका कारण गिरावट आएको भारतीय अर्थव्यवस्था विस्तारै उकालो लाग्ने क्रममा छ। बुधबार जारी गरिएको पहिलो त्रैमासिकको जीडीपीको तथ्याङ्कअनुसार २०२२ को जुनसम्म पहिलो त्रैमासिकमा १३.५ प्रतिशतको वृद्धि भएको छ।

अहिले विश्वको सबैभन्दा पहिलो अर्थव्यवस्था अमेरिका हो भने दोस्रोमा चीन, तेस्रोमा जापान र चौथोमा जर्मनी हो।

भदौ १८, २०७९ शनिबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।