रुसले इन्धन आपूर्ति बन्द गरेसँगै युराेपमा हाहाकार

रुसले इन्धन आपूर्ति बन्द गरेसँगै युराेपमा हाहाकार

एजेन्सी : रुसले युरोपमा इन्धन आपूर्ति बन्द गरेसँगै त्यहाँ इन्धनकाे हाहाकार भएकाे छ।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले बुधबारदेखि मर्मत कार्य जारी रहेकाे जनाउँदै युरोप जाने पाइपलाइन बन्द गरेपछि इन्धनकाे हाहाकार भएकाे हाे।

उक्त कम्पनीले जर्मनी र अन्य युरोपेली मुलुकहरूमा समेत तेलकाे माग धान्दै आएकाे थियाे।

मस्कोले पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिबन्धलाई मुख्य कारण पाइपलाइनकाे नियमित मर्मत कार्यमा समस्या आइरहेकाे बताएकाे छ।

युरोपियन युनियनका केही अधिकारीहरुले भने रुसले उर्जालाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

तर, कम्पनीले यसलाई अस्वीकार गर्दै मर्मतकाे रटान छाेडेकाे छैन।

भदौ १८, २०७९ शनिबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।